Rule 3
मुक्त कमैयाको वर्गीकरण
मन्त्रालयले मुक्त कमैयालाई बसोबास गराउन, रोजगार दिलाउन तथा आय आर्जन सम्बन्धी कार्यकोे लागि समितिको सिफारिसमा देहाय बमोजिम वर्गीकरण गर्नेछः–
(क) आफ्नो वा आफ्नो परिवारको नाममा घर र जग्गा नभएकोलाई “क” वर्ग,
(ख) सार्वजनिक वा सरकारी जग्गामा बसोबास गरेको र आफ्नो वा आफ्नो परिवारको नाममा जग्गा नभएकोलाई “ख” वर्ग,
(ग) आफ्नो वा आफ्नो परिवारको नाममा दुई कठ्ठासम्म जग्गा र घर भएकोलाई “ग” वर्ग,
(घ) आफ्नो वा आफ्नो परिवारको नाममा दुई कठ्ठा भन्दा बढी जग्गा र घर भएकोलाई “घ” वर्ग ।